एयर इण्डिया एक्सप्रेसका कर्मचारीहरूले अचानक बिदा लिएपछि ठूलो मात्रामा उडानहरू रद्द

डिसी नेपाल
२७ वैशाख २०८१ ११:०३

काठमाडौं । एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले सँगै बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ७० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ।

एजेन्सीले यसको पछाडि चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएको बताएको छ।

यसैबीच, समाचार एजेन्सी पीटीआईले एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ – कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको छ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *