थाइल्याण्डले फेरि गाँजाको प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने

डिसी नेपाल
२७ वैशाख २०८१ १२:०१

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानूनी बनाउने बारेमा सोचिरहेको बताएका छन् ।

ठूलो संख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बर्बाद भइरहेको उनको भनाइ छ ।

उनले गाँजालाई स्वास्थ्य र औषधिको प्रयोगमा मात्र सीमित राख्नुपर्ने बताए ।

थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसो गर्ने यो एसियाकै पहिलो देश थियो।

देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागुऔषधको साम्राज्य फस्टाउन थाल्यो । सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको थियो ।

थाइल्यान्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजाय हुने र त्यसलाई खेती गरे १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था थियो ।

जबकि अन्य लागुऔषध अपराधमा मृत्युदण्ड दिइने व्यवस्था थियो।

थाई राजनीतिमा गाँजा पनि महत्त्वपूर्ण मुद्दा भएको छ। विपक्षी दलले ऐन ल्याउन हतार गरेको भन्दै नियम र निर्देशिकाबारे जनतामा अन्योल सिर्जना भएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *