जेठाजुको जन्मदिनमा प्रियंकाको यो कस्तो रुप ?

डिसी नेपाल
१ भदौ २०७६ १३:५३

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो फेशनका कारण चर्चामा रहन्छिन् । अहिले प्रियंकाका केही तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् । फोटोमा प्रियंकाको ग्ल्यामरण लुक देखिएको छ । प्रियंकाका यी तस्वीर उनका जेठाजु जो जोनसको जन्मदिनको पार्टीका हुन् । पार्टीमा प्रियंका पति निक जोनससँग गएकी थिइन् ।

प्रियंका कालो रंगको छोटो ड्रेसमा थिइन् । प्रियंकाका तस्वीरलाई सामाजिक संजालमा निकै मन पराइएको छ । प्रियंका पार्टीमा पति निक जोनसको हात समातेर गएकी थिइन् । कालो टक्सिडोमा निक पनि निकै स्मार्ट देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *