श्रीमानको किरिया सकेपछि शालिकरामकी पत्नीले रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिइन्

डिसी नेपाल
१ भदौ २०७६ १५:४९

काठमाडौं। चितवनमा रहस्यमय रुपमा मृत्यु भएका पत्रकार शालिकराम पुडासैनीकी पत्नी सम्झनाले आज रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । हिजो श्रीमानको १३ दिनको काजकिरिया सकेकी सम्झनाले आज आफैं प्रहरीमा उपस्थित भएर जाहेरी दिएकी हुन् ।

सम्झनाले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्। तेह्र दिनको काजकिरिया सकिएपछि उनी आइतबार जाहेरी दिन महानगरीय प्रहरी परिसरमा पुगेकी हुन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।

उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ। तीनै जना जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *