नेता चढेको सवारी नजिकै बम विस्फोट, ६ जनाको मृत्यु, ८ घाईते

डिसी नेपाल
२ भदौ २०७६ ६:११

इस्लामावाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । खैबर पाख्तुङ्ख्वा प्रान्तअन्तर्गत पर्ने अपर डिर जिल्लामा आइतबार बेलुकी विस्फोटन भएको अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी अरु ८ जना घाइते भएको प्रहरीले जनाएको छ । अपर डिरको जिल्ला प्रहरी अधिकृतले संचार माध्यमहरूलाई दिएको जानकारी अनुसार स्थानीय शान्ति समितिका नेता चढेको सवारी साधन नजिकै विस्फोट भएको हो ।

अपर डिरको गामाडान्डा भन्ने ठाउँमा विस्फोटन भएको र विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको थियो ।

घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी र उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उनीहरूले तत्कालै अस्पताल लगेका थिए ।

सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएको छ । घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *