रवि लामिछानेसहित तीनैजनालाई सुटुक्क सरकारी वकिल कार्यालय पुर्याइयो

डिसी नेपाल
२ भदौ २०७६ १६:३४

काठमाडौं। आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई सुटुक्क सरकारी वकिल कार्यालय पुर्याइएको छ । भरतपुरमा रवि लामिछानेको पक्षमा निरन्तर प्रदर्शन भइरहेका कारण प्रदर्शनकारीले कुनै अप्रिय घटना घटाउन सक्ने आशंकाले उनीहरुलाई सुटुक्क लगिएको हो ।

तीनै जनालाई सरकारी वकिल कार्यालय पुर्याएर बयान लिइएको छ । आज तीनै जनाको बयान लिइएको बताइएको छ । तीनैजनालाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्नको लागि अदालतबाट लिइएको ५ दिनको म्यादको आज अन्तिम दिन भएकोले सबैको बयान लिइएको हो । अब आजको बयान र अहिलेसम्मको अनुसन्धानबाट प्राप्त तथ्य पर्याप्त भएको लागेमा सरकारी वकिल कार्यालयमार्फत भोलि तीनैजनाविरुद्ध मुद्दा दर्ता गरिनेछ । यदि अनुसन्धान पूरा नभइसकेको र थप अनुसन्धान गर्नुपर्ने भएमा भोलि अदालत पेश गरेपछि प्रहरीले म्याद थप्न आग्रह गर्नेछ । अदालतले म्याद थप्नुपर्ने देखिएमा म्याद थप्नेछ अन्यथा धरौटी वा साधारण तारिखमा रिहा गर्न सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *