भारतसँग तनावका बीच पाकिस्तानी सेनापतिको कार्यकाल थपियो

डिसी नेपाल
२ भदौ २०७६ १८:३१

इस्लामावाद (एजेन्सी) । पाकिस्तानी सेना प्रमुख कमर जावेद वाजवाको कार्यकाल आगामी तीन वर्षका लागि थपिएको छ। प्रधानमन्त्री इमरान खानले उनको पदावधि थपेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनले कार्यकाल आगामी तीन वर्षका लागि थपिएको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘आर्मी चीफ कमर जावेद वाजवालाई आगामी तीन वर्षका लागि सेना प्रमुखमा नियुक्त गरिएको छ। उनको यो नयाँ कार्यकाल पुरानो कार्यकाल समाप्त भएको दिनदेखि शुरु हुनेछ।’

भारतसँग तनाव बढिहरेका बेला पाकिस्तानमा सेना प्रमुखको कार्यकाल थपिएको हो। क्षेत्रीय रुपमा उत्पन्न सुरक्षा वातावरणलाई मध्यनजर गर्दै उनको कार्यकाल थपिएको सरकारले जनाएको छ। जर्नेल वाजवालाई २०१६ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले सेनापतिमा नियुक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *