मुस्ताङमा रोमान्टिक देखिए आर्यन–मिरुना

डिसी नेपाल
३ भदौ २०७६ १६:३८

काठमाडौं। आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’का केही तस्वीर सार्वजनिक गरिएको छ। जहाँ अभिनेता आर्यन सिग्देल अभिनेत्री मिरुना मगरसंग रोमान्टिक अवतारमा नृत्य गर्दैछन्। साथमा भोलाराज सापकोटा पनि देखिएका छन्।

यो चलचित्रमा आर्यन, मिरुना र भोलाराज मुख्य भूमिकामा छन्।

सार्वजनिक तस्वीरहरु ‘सिल्की सिल्की बाल’बोलको गीत छायाँकनको हो। मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्रि गज्जबकै देखिएको छ। जुन गीत केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।

झण्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन्। गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ। शब्द राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेले लेखेका हुन्।

कोरियोग्राफी शिशिर भन्छन् –‘आकर्षक लोकेशनमा खिचिएको गीतमा आर्यनको रोमान्टिक छवि र मिरुनाको सुन्दरतालाई टिपिकल अवतारमा प्रस्तुत गरेका छौं। यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वास लिएका छौं।’

एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। रोमान्टिक कमेडी जनारामा तयार भएको चलचित्रमा आर्यन, मिरुना, भोलाराजका अलावा माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ। ‘चच हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत तथा शिशिर खातीको कोरियोग्राफी रहनेछ।

त्यस्तै चलचित्रमा सुशन प्रजापतिले छायाँकन, श्री श्रेष्ठले द्वन्द्धको जिम्मेवारी सम्हालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *