गौरा पर्वमा सुदूरपश्चिम प्रदेशले दियो सार्वजनिक विदा
कैलाली । सुदूरपश्चिम प्रदेशले गौरा पर्वको अवसरमामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने गौरा पर्वमा यो वर्ष प्रदेश सरकारले विदा नदिने संकेत देखाएपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो।
मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment