गाउँपालिकाद्वारा गर्भवती महिलालाई नुन र अण्डा वितरण

डिसी नेपाल
४ भदौ २०७६ २२:४६

बुर्तिबाङ बागलुङ । जिल्लाको निसिखोला गाउँपालिकाले गर्भवती महिलाहरुका आयोडिन युक्त नुन र अण्डा वितरण गरेको छ।

गाउँपालिकाका सबै महिलालाई स्वास्थ्य चौकीमै सुत्केरी गराउने अभियानको सफलताका लागि गर्भजाच गर्ने ४, ६, ८ र ९ महिनाका गर्भवतीहरुलाई आयोडिन नुन र अण्डा बितरण गर्ने गाउँपालिकाले जनाएको छ।

जसअनुसार निसिखोला गाउँपालिका स्थित वडा नं ३ र ४ का २७ जना गर्भवती महिलाहरुलाई स्वास्थ्यचौकीले आयो नुन र अण्डा बितरण गरिएको छ। बुधबार बोहोरागाउँ स्वास्थ्यचौकीमा आयोजित एक कार्यक्रमका बिच गर्भवती अवस्थामा रहेका महिलाहरुलाई पोषणयुक्त खाद्य पदार्थ वितरण गरिएको हो।

निसिखोला गाउँपालिकाको आर्थिक सहयोग र बोहोरागाउँ स्वास्थ्यचौकीको संयोजनमा गर्भ अवस्थामा रहेका र नियमित स्वास्थ्य जाँच गराउने २७ जना गर्भवती महिलालाई १ पोका नुन र १ क्यारेट अण्डा वितरण गरिएको बताइएको छ।

सोही अवसरमा बोहोरागाउँ स्वास्थ्य चौकी संञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं ३ का वडा अध्यक्ष जुन विक्रम शाहीले महिलाहरुलाई अण्डा विरतण गर्दै गर्भाबस्थामा स्वास्थ्य परीक्षणको धेरै महत्व रहेको बताएका थिए। उनले आफू र आफ्नो बच्चाको स्वास्थ्यको लागि पौष्टिक खानेकुरामा ध्यान दिन आग्रह गरेका छन्।

अझैपनि गाउँघरमै सुत्केरी गराउने परमपर कायमै रहेकाले कति महिलाहरुको अकालमै ज्यान समेत जाने गरेको छ । यो अभियानले लक्षित समुदायलाई उत्साहित गराउने बिश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *