चितवन प्रहरी प्रमुख भनेर कास्कीका एसपीको तस्बिर दुरुपयोग

डिसी नेपाल
५ भदौ २०७६ १०:४१

कास्की । चितवनमा आत्माहत्या गरेका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन प्रहरी प्रमूख नै दोषी रहेको भन्दै सामाजिक सञ्जालमा अर्कै प्रहरी प्रमुखको तस्बिर राखेर गाली गलौच गरेको प्रति जिल्ला प्रहरी कार्यालय कास्कीले असन्तुष्टी जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवस्था तथा व्यक्तिगत र सामाजिक मर्यादा विपरित कानून उल्लंघन गर्ने व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो।

कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीको हतकडी लगाएको तस्बिरलाई गलत तवरले प्रचार गर्दै चरित्र हत्या हुने गरी प्रकाशन गरिएको पाइएको भन्दै कास्की प्रहरीले त्यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।

एसपी कार्कीको तस्बिर प्रयोग गर्दै “रबि दाईलाइ फसाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रशिक्षक दान बहादुर मल्ल एसपी नै हत्या गर्ने व्यक्ति हुन भनि उनी माथि हतगडी लगाईएको छ यो सालो कुकुर हो दान बहादुर मल्ल एसपी रिप” लेखि जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण गराउदा विद्यार्थीले हतकडी के हो, किन र कसरी लगाइन्छ भन्ने प्रश्नमा प्रहरी उपरीक्षक दान बहादुर कार्कीले आफ्नै हातमा हतकडी लगाई विद्यार्थीहरुलाई प्रशिक्षित गराउने अबस्थामा खिचिएको फोटो समाजिक संञ्जालहरुमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको कास्की प्रहरीले जनाएको छ।

साथै कुनैपनि सभ्य नागरिकले त्यसरी फोटो अपलोड, शेयर र कमेन्ट गर्दा कानुनी ब्यवस्था तथा ब्यक्तिगत र सामाजिक मर्यादा समेतलाई ध्यान दिन अनुरोध गर्दै त्यस्ता कानुन बिपरितका कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने जनाईएको छ ।

कास्की प्रहरीको विज्ञप्ती

सामाजिक संजालको दुरुपयोग सम्बन्धमा

“ रबि दाइ लाइ फसाउने जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रशिक्षक दान बहादुर मल्ल एसपि नै हत्या गर्ने व्यक्ति हुन भनि उनी माथि हतगणि लगाईएको छ यो सालो कुकुर हो दान बहादुर मल्ल एसपी RIP ” लेखि यस जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी संग १ दिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण गराउदा विद्यार्थीले हतकडी के हो ? किन र कसरी लगाइन्छ ? भन्ने प्रश्नमा प्रहरी उपरीक्षक दान बहादुर कार्कीले आफ्नै हातमा हतकडी लगाई विद्यार्थीहरुलाई प्रशिक्षित गराउने अबस्थामा खिचिएको फोटो समाजिक संञ्जालहरुमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको पाईएको हुदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ।

कुनैपनि सभ्य नागरिकले त्यसरी फोटो अपलोड, शेयर र कमेन्ट गर्दा कानुनी ब्यवस्था तथा ब्यक्तिगत र सामाजिक मर्यादा समेतलाई ध्यान दिनुहुन अनुरोध गर्दै त्यस्ता कानुन बिपरितका कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ।




प्रतिक्रिया

One thought on “चितवन प्रहरी प्रमुख भनेर कास्कीका एसपीको तस्बिर दुरुपयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *