‘मारुनी’को इटहरी कन्सर्टमा देखियो साम्राज्ञी र पुष्पको क्रेज, अब यी सहरमा हुनेछ कन्सर्ट – Dcnepal

‘मारुनी’को इटहरी कन्सर्टमा देखियो साम्राज्ञी र पुष्पको क्रेज, अब यी सहरमा हुनेछ कन्सर्ट

काठमाडौं। यहि भदौं १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मारुनी’ यूनिट यतिबेला नेपाल टुरमा छ। ‘मारुनी नेपाल टुर’ नाम दिएर काठमाडौंबाट निस्किएको यूनिट मुख्य–मुख्य सहरमा पुग्दैछ।

चलचित्रका मुख्य अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक नवल नेपाल, निर्मात्री पुनम गौतम, गायक कृष्ण काफ्ले लगायतको यूनिट बुधबार पूर्वको इटहरी पुगेको छ।

बुधबार साँझ त्यहाँ कन्सर्ट गरिएको थियो। जहाँ अभिनेता पुष्प र साम्राज्ञीको क्रेज गज्जबको देखिएको थियो। सधै पर्दामा देख्ने कलाकारलाई आँखा अगाडि हेर्न दर्शक ओइरिएका थिए।

कन्सर्टमा कलाकारले चलचित्रका बारेमा जानकारी दिनुका साथै चलचित्रको गीतमा नृत्य गरेका थिए। दर्शकले कलाकारसंग सेल्फी खिचाए। निर्देशक नवल नेपालले चलचित्रको कथालाई दर्शकले मन पराउने बताए।

निर्मात्री पुनम गौतमले कन्सर्टमा दर्शकको उत्साहजनक उपस्थितिले आफूहरु उत्साहित रहेको बताइन्।

चलचित्र यूनिटले आज (बिहीबार) चितवनमा कन्सर्ट गर्दैछ। त्यस्तै भदौं ६ गते शुक्रबार पोखरा, भदौं ७ गते शनिबार बुटवल र भदौं ८ गते आइतबार नेपालगञ्जमा कन्सर्ट गरेपश्चात मात्र यूनिट काठमाडौं फर्किने निर्देशक नेपालले बताए। ‘मारुनी’ अहिले चर्चामा रहेको चलचित्र हो। चलचित्रको गीत र ट्रेलरलाई दर्शकले असाध्यै रुचाएका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो