बालाजु औद्योगिक क्षेत्रमा आगलागी

डिसी नेपाल
५ भदौ २०७६ १४:२८

काठमाडौं। राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहिबार बिहान साढे ११ बजे आगलागि भएको हो।

आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ। प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो।

काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *