काठमाडौं विमानस्थलमा ५ करोडको कोकिन !

डिसी नेपाल
५ भदौ २०७६ १५:४५

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य बराबरको कोकिनसहित आइभरीकोष्टका नागरिकलाई पक्राउ गरेको हो ।

३५ वर्षका मार्सेल गुलीले सुटकेसमा १ किलो ६ सय ग्राम कोकिन लिएर आएका थिए । उक्त कोकिनको बजार मूल्य ४ करोड ८० लाख रहेको प्रहरीले जनाएको छ । उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए । पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *