खाजा रकमबाट क्यान्सर पीडितलाई सहयोग

डिसी नेपाल
५ भदौ २०७६ २२:२३

काठमाडौँ । एक विद्यालयमा अध्ययनरत छात्र/छात्राले अर्काे विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई आइपरेका समस्या समाधान गर्न गरेका प्रयास उदाहरणीय बनेको छन्।

गौरीशङ्कर इङ्लिस बोर्डिङ विद्यालय बालकुमारी इमाडोलमा कक्षा १० मा अध्यययनरत छात्रा÷छात्राले सागर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रलाई गरेको सहयोग अरुका लागि अनुकरणीय बनेको छ ।

गौरीशङ्करका छात्र/छात्राले आफ्ना खाजा खर्च कटाई एवं अभिभावकसित सङ्कलन भएको रु एक लाख १८ हजार ५४० स्वर्णीम सागर माविका कक्षा १० मा अध्ययरत नवाङ मोक्तानलाई सहयोग गरेका छन्।

रक्त क्यान्सरबाट पीडित मोक्तानलाई आर्थिक अभावमा उपचार गर्न समस्या परेको नवाङका आमा कविता मोक्तानले जानकारी दिइन्। उनले भनिन्, ‘उपचार गर्न पैसा छैन, यो सहयोग मेरो बाबुका लागि अमूल्य हुनेछ।’

सङ्कलित रकम पूर्वशिक्षा सचिव जनार्दन नेपाललले आज आयोजित कार्यक्रममा कविता मोक्तानलाई हस्तान्तरण गरे। सो अवसरमा गौरीशङ्कर विद्यालयका प्रिन्सिपल लालकुमारी विष्ट, शैक्षिक संयोजक उमेश पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले सानो सहयोगले अकालमा ज्यान जानबाट जोगाउन आफ्ना छात्र/छात्राले गरेका सहयोगको सराहना गर्दै समय समयमा बिरामीका लागि सहयोग जुटाइरहेको जानकारी दिए।

पूर्वसचिव नेपालले मानताका सहयोगी मन र उदार हात हुनुपर्छ भन्ने कुरा छात्र/छात्राले रकम सङ्कलन गरी नयाँ उदाहरण दिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *