सिराहा र मकवानपुरमा २ जना मृत अवस्थामा फेला
सांकेतिक तस्विर
काठमाडौं । सिराहा, औरही गाउँपालिका २ देउरीपट्टी बस्ने भारत घर भएका मंगला सदाकी १२ वर्षीया छोरी पूजा सदा बिहीबार दिउँसो सुतिरहेको अवस्थामा मृत फेला परेकी छन्।
मकवानपुर, राक्सिराङ गाउँपालिका ६ कराचे बस्ने ४५ वर्षीय सुक बहादुर चेपाङ घरदेखि करिब ५ सय मीटर पर भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेका छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment