दिपायल विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

डिसी नेपाल
६ भदौ २०७६ १६:५४

डोटी । झण्डै डेढ दशकदेखि बन्द रहेको सुदूरपश्चिमको तत्कालीन क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

विस २०२६ सालमा स्थापना भएको दिपायल विमानस्थल विसं २०५८ सालदेखि बन्द रहेको यो विमानस्थल फेरि सञ्चालनका लागि काम सुरु भएको हो।

पर्यटकीय क्षेत्र भू–स्वर्ग ‘खप्तड’ लगायतका क्षेत्रमा पर्यटकहरु सहज रुपमा आवत–जावतका लागि ठूलो सहयोग पुग्ने र यसले डोटी जिल्लाको आर्थिक विकासका साथै अन्य स्वास्थ क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले व्यक्त गरे।

विमानस्थल सुचारु भएपछि बाहिरी जिल्लाबाट आउने पर्यटकको पनि आकर्षण बढ्ने उनको विश्वास छ। डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्रे सञ्चालनमा आउँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको आर्थिक समृद्धिसँगै पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने उनले बताए।

विमानस्थल सञ्चालनका लागि स्थानीय प्रशासनलगायत स्थानीय तहले खेल्नुपर्ने भूमिकामा सबै लाग्न नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ सुदूरपश्चिम अध्यक्ष दीपक खड्काले अनुरोध गरे।

खड्काले आफ्नो कार्यकालमा पर्यटन र कृषि क्षेत्रमा काम गर्ने योजना रहेकाले पर्यटकीय विकासमा आफूले अग्रणी भूमिका खेल्ने प्रतिवद्धता जनाए। डोटी बिमानस्थलको पिचसँगै काम सुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएरपनि नियमित उडान भैरहेको छ तर दिपायल विमानस्थलको निर्माण सम्पन्न गर्न अझै समय लाग्ने निर्माण कम्पनी सप्नाग्याल्भा जेभीले जनाएको छ।

‘४९० मिटर क्षेत्रफल भएको डोटी विमानस्थलको स्तरोन्नतिपछि यहाँको उद्योग तथा पर्यटन व्यवसाय फस्टाउने आशा गरेका छौं’ केआईसिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘विमानस्थल पक्की मात्रै भएर पुग्दैन यसलाई सुचारु गर्न सबै सरकारी कार्यालय र स्थानीय तहले जोड दिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *