‘एनएफपीजे’ ले ‘नेपाल दर्शन’ नामक फोटो प्रतियोगिता आयोजना गर्दै

डिसी नेपाल
६ भदौ २०७६ १७:४६

काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सहयोग गर्ने हेतुले यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

देशैभर छरिएर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरु विगत २२ वर्ष देखि यही संस्था, एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध भएका छन्। सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी मनाउने तयारी गरिरहेको छ।

जसकारण यस भ्रमण वर्ष २०२० लाई सफल पार्न र सहयोग गर्न देशभरका फोटोग्राफर तथा फोटोपत्रकारहरुले चाहीराखेको कुरालाई मनन गर्दै नेपाल भ्रमण वर्ष २०२० “नेपाल दर्शन २०२०” फोटो प्रतियोगिता तथा पुस्तक प्रकाशन गर्न लागिएको एनएफपीजेले जनाएको छ।

प्रतियोगितामा संस्कृति र पर्यटनसँग सम्बन्धित फोटोहरुले मात्र प्राथमिकता पाउने छन्। फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन। विश्वको जुनसुकै ठाउँबाट पनि नेपालको संस्कति र पर्यटन झल्काउने फोटो पठाउन सकिनेछ। उक्त फोटो फोटोग्राफर स्वयमले नेपालमा खिचेको हुनुपर्नेछ। तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्विरहरु प्रतियोगीतामा सहभागीताको लागि पठाउन पाइने छैन। जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार भएको तस्विरहरु पठाउन पनि पाइने छै।

प्रतियोगितामा सहभागि जनाउन चाहनेले बढीमा १० वटा फोटो पठाउन सक्ने छ। प्रतियोगीले भदौ ३१ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ र विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा गरिने छ।

प्रतियोगिताका बारेमा थप जानकारीको लागि राष्ट्रिय फोटोपत्रकार समुहको आधिकारिक वेभसाइटमा हेर्न सकिनेछ । (एनएफपीजे नेपाल डटकम) यस प्रगियोगिताका सहभागीहरुको उत्कृष्ट फोटोकोलाई छनौट गरी प्रथम, द्वितिय र तृतिय घोषणा गरी क्रमश: नगद २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ। त्यसैगरी सातवाटै प्रदेशका प्रदेश स्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा गरिने छ। उत्कृष्ट घोषित सात प्रदेशका सात जानलाई नगर १०/१० हजार सहित प्रमाण पत्र प्रदान गरिने छ। साथै हरेक प्रदेशका उत्कृष्ट २० फोटोहरुलाई फोटो पुस्तकमा समावेश गरिने छ।

यस प्रतियोगितामा सहभागी हुनेहरुले यही २०७६ भदौ ३१ गते सम्म हाम्रो कार्यालयको इमेल nfpjnepal2053@gmail.com मा पठाई सक्नु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *