रेडियो नेपालमा पत्रकारलाई पुर्नबहालीको माग गर्दै पत्रकार महासंघको धर्ना सुरु

डिसी नेपाल
६ भदौ २०७६ २०:५६

डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाईमा पुर्नबाहलीको माग गर्दै धर्ना सुरु गरेको छ।

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु गरिएको हो। बिहीबार पहिलो दिन मुखमा कालो पट्टी बाधेर धर्ना दिइएको छ भने शुक्रबार टाउकोमा कालो पट्टी बाधेर बिरोध गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए।

पहिलो चरणमा तीन दिनसम्म पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा धर्ना सुरु गरिएको हो।

प्रदेश प्रशारण केन्द्र दिपायलमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई बिना सूचना बर्खास्त गरेपछि महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै विज्ञप्ति जारी गर्दै पुर्नबाहलीको माग गरेको अध्यक्ष बलायर बताए।

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। भाद्र १ गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिईएको छ । यसै विषयमा राष्ट्रिय सभामा र प्रतिनिधि चर्को बिरोध गरिएको छ।

बुधबार राष्ट्रिय सभामा सांसद तारादेबि भट्ट र बिहीवार प्रतिनिधि सभामा सांसद डा. डिला सग्रौला पन्त र अर्का सान्सद अतहर कमल मुसलमानले तत्काल पुनर्बाहलीको माग गरेका छन्।

त्यस्तै नेपाल पत्रकार महासङ्ग केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार डोटी शाखा, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन डोटी शाखाले प्रेस बिज्ञप्ति जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *