मापसे गरेर प्रधानमन्त्रीलाई भेट्न हिँडेका एनआरएनए अध्यक्षलाई विमानबाट निकालियो

डिसी नेपाल
८ भदौ २०७६ १०:२८

काठमाडौं। मापसे गरेर उडानदल सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरको विमानबाट ओरालिएको छ । विमानभित्र गएर सिटमा बसिसकेका उनीहरुलाई विमानका कप्तानको निर्देशनमा विमानबाट ओरालिएको बताइएको छ ।

उनीहरू शनिबार राती पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने तयारीमा थिए। सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ४१३) विमानमा उनीहरुले मदिरा सेवन गरेर चालक दलका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको बताइएको छ ।

क्पाप्टेनले उनीहरुको साथमा उडान भर्न नसक्ने बताएपछि त्यसमा विवाद भएको थियो । विवादपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो। उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको बताइएको छ । पछि सनत न्यौपानेले फेसबुक लाइभ गरेर आफूहरू प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जान लागेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *