इमरान खानले भारतमा परमाणु बम आक्रमण गर्ने धम्की दिए !

डिसी नेपाल
९ भदौ २०७६ १९:११

इस्लामावाद (एजेन्सी) । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि आक्रोशित बनेको पाकिस्तानले भारतमाथि आणविक आक्रमण गर्ने सक्ने धम्की दिएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै भारत र पाकिस्तानबीच युद्ध भए पाकिस्तान कुनै पनि सीमासम्म जान सक्ने बताएका हुन् । उनले थपेका छन्, ‘अन्तर्राष्ट्रिय समूदायले ध्यान देओस दुबै मुलुक आणविक हतियार सम्पन्न छन्।’

इमरान खानले कश्मीरलाई स्वतन्त्र बनाइ छाडनेसमेत बताएका छन्। उनले आगामी जूमाको दिन कश्मीर स्वतन्त्रताको हुनेसमेत दावी गरे। उनले कश्मीर मामिलालाई भारतका प्रधानमन्त्रीले भुलवस अन्तर्राष्ट्रियकरण गराएकोसमेत बताए । उनले आफु कश्मीरको दूत बनेर विश्वभर जाने भन्दै भारतकै कारण कश्मीर मामिला अन्तर्राष्ट्रियकरण भएको बताए । उनले विश्वका डेढ अर्ब मुस्लिमहरुले कश्मीर मामिलामा सँयुक्त राष्ट्रसंघको कदमलाई हेरिरहेको भन्दै भारतले हिन्दू अवधारणाअनुसार कश्मीरीमाथि अन्याय गरेको बताए।

उनले आफु प्रधनमन्त्री बनेपछि भारतसँग मित्रता गर्न चाहेको उल्लेख गर्दै भारतले भने त्यस्तो नगरेको भन्दै असन्तुष्टिसमेत जनाएका छन्। उनले भनेका छन्, ‘म प्रधानमन्त्री भएपछि भने तपाई एक कदम बढाउनुहोस, म दुई कदम बढाउँछु, तर, भारतीयहरुले आतंकवादको कुरा गरे। उनीहरु आरएसएसको अवधारणाअनुसार चलिरहेका छन् । भारतलाई हिन्दुहरुको मात्र देश बनाउन चाहेकोसमेत बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *