रेबिकाको सुन्दरता ५ तस्वीरमा (फोटो फिचर)

डिसी नेपाल
१० भदौ २०७६ १७:१५

काठमाडौं । चलचित्र ‘मारुनी’बाट डेब्यू गर्न लागेकी नायिका हुन् रेबिका गुरुङ । उसोत उनी गएको वर्ष नै चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी थिइन् तर त्यो बेला जुरेन ।

गएको वर्ष उनी चलचित्र ‘लिलिबिली’मा अभिनेत्रीको रुपमा देखिने भएकी थिइन् । पछि गएर चलचित्रको सुटिङका लागि युकेको भिजा नलागेपछि चलचित्र छोड्नुपरेको थियो । तैपनि उनी मिडियामा भने छाइसकेकी थिइन् । उनको सुन्दरताका चर्चा जताततै चल्न थालेको थियो ।

त्यसपछि उनलाई चलचित्रमा प्रवेश गर्न झण्डै डेढ वर्ष लाग्यो । ‘ढिला आयो कडा आयो’ भनेझै चलचित्र क्षेत्रमा उनको इन्ट्री ढिला भएपनि धमाकेदार भएको छ । उनी यो चलचित्रमा लिड भूमिकामा छिन् । चलचित्रमा उनीसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का प्रमुख भूमिकामा छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *