भुवन–रेखादेखि कोसिस–केकीसम्मले हेरे नम्रताको ‘जाइरा’ [फोटोफिचर]

डिसी नेपाल
११ भदौ २०७६ १३:१४

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’लाई सेलिब्रेटीहरुले राम्रो प्रतिक्रिया दिएका छन्।

मंगलबार साँझ राजधानीको कुमारी हलमा आयोजित ‘सेलिब्रेटी शो’चलचित्र हेरेपछि अधिकांश कलाकारले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको मुक्तकण्ठले प्रशंसा गरे।

अभिनेता भुवन केसीले चलचित्रले उठाएको विषयवस्तु फरक रहेको बताए। उनले भने, –‘नम्रताले निकै फरक भूमिका गरेकी छिन्। र, निकै मेहनत पनि गरेकी छन्। अरु कलाकारले पनि राम्रो काम गरेका छन्। नेगेटिभ भूमिकामा अभिनय गर्नुभएकी श्रृजना रेग्मीको काम सबैभन्दा उत्कृष्ट लाग्यो।’ दर्शकलाई एकपटक चलचित्र हेर्न आग्रह गर्दै उनले फरकपन आभास गर्न पाइने बताए।

अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन्। ‘मलाई रिङको फाइट मनप¥यो, बुलेट र जाइराको। चलचित्र एकदमै राम्रो लाग्यो। नम्रताले गरेको मेहनत पर्दामा देखिन्छ। प्रमोद अग्रहरीको काम पनि उत्कृष्ट छ’, –उनले भनिन् ।

अभिनेत्री रेखा थापाले पनि नम्रताको मेहनतको प्रशंसा गरिन्। उनले नेगेटिभ रोल गर्ने श्रृजना रेग्मीको काम पनि मन परेको बताइन्।
‘राते काइला’ उपनामले परिचित सुनिल थापाले पनि अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरे। नेपालमा ‘जाइरा’ जस्तो चलचित्र बन्नु ठूलो हिम्मतको काम रहेको बताउँदै उनले भने, –‘स्पोर्टस् लभर दर्शकले चलचित्र नछुटाउँदा राम्रो हुन्छ। पर्दामा नम्रतालाई हेर्दा रियल फाइटर महशुस हुन्छ। बुलेटको भूमिका निभाउने श्रृजनाको काम पनि गज्जब लाग्यो।’

अभिनेत्री केकी अधिकारीले चलचित्र निकै फरक लागेको बताइन्। नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन्, –‘हामीहरु यस्तो चलचित्र बनाउनुपर्छ भनेर सोच्छौं मात्र तर उहाँहरुले बनाएरै देखाउनुभयो। कल्पनामा मात्र हुने चिज देख्न पाइयो। चलचित्र एकदमै राम्रो छ। मेरो दिमागमा अझै पनि क्लाइमेक्स सिन बसिरहेको छ। श्रृजना, प्रमोद, अनुप सबैको काम उम्दा छ।’

अभिनेत्री रीमा विश्वकर्माले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिइन्। निर्देशक विशाल भण्डारीले चलचित्रको एक्सन सिक्वेन्स उत्कृष्ट रहेको बताउँदै नम्रताको मेहनत प्रशंसायोग्य रहेको बताए। हास्यकलाकार सन्दिप क्षेत्री पनि नम्रताको प्रशंसा गरेर थाकेनन्। ‘चलचित्रमा नम्रताको मेहनत देखिएको छ। अभिनय पनि मनछुने छ। चलचित्रको एक्सन सिक्वेन्स गजब छ’,– उनले भने ।

चलचित्र ‘पर्व’ मा अभिनेत्री नम्रता श्रेष्ठसँँग स्क्रिन साझेदारी गरेका अभिनेता कोशिस क्षेत्रीले आफू दोर्होयाएर चलचित्र हेर्ने सोँच बनाएको बताए। उनले भने ‘एक्सन त गज्जब नै छ। हरेक कलाकारको अभिनय उम्दा छ। सबैले उतिक्कै मेहनत गरेका छन्।’ ‘क्याप्टेन’ निर्देशक दीवाकर भट्टराई आफू नम्रताको तारिफ गरेर नथाक्ने बताए। चलचित्रको एक्सन पार्ट राम्रो रहेको उनको भनाई छ।
‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्।

चलचित्रमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतको अभिनय छ। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ। चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो। चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ।

-तस्वीर सौजन्य : विवेक बस्याल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *