विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ : मुख्यमन्त्री भट्ट – Dcnepal

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ : मुख्यमन्त्री भट्ट

फाइल फाेटाे


दिपायल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् ।

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्दै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिएका छन् ।

निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही गर्ने बताए ।

दश वर्षे जनयुद्धका बेला शहीद भएकाहरुका छोराछोरी र विपन्न सामुदायका छोराछोरीहरु अध्ययन गर्ने उक्त विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिए । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो