नेपाली रेडियो क्यालगरीद्वारा धुमधामसँग मनाइयो तीज विशेष कार्यक्रम

डिसी नेपाल
१२ भदौ २०७६ २०:५०

क्यानडा । गत अगस्ट २७ तारिकका दिन नेपाली रेडियो क्यालगरीले ५० औं एपिसोडको अवसरलाई केन्द्रित गरेर महिलाहरूलाई स्वागत गर्दै तीज पर्व सम्बन्धि विभिन्न प्रश्नहरूको साथै मनोरञ्जनात्मक सांगेतिक कोशेलीहरूमा महिला दिदी, बहिनी र आमाहरूको नित्र्य लाईभ प्रदर्शन समेत गराएर दर्शक तथा स्रोताहरूलाई मनोरञ्जन दिएको थियो।

अतिथिहरूमध्ये भ्यानकुभरबाट रेडियो लाईभमा थिइन् मीनु राजभंडारी दाहाल । उनी President of Nepali Canadian Women’s Society of BC Canada आएकी १८ वर्ष हुनुको साथ साथै नेपाली समाजको विकासमा अति सक्रिय भएर volunteer गर्दै आएकी पनि १८ वर्ष नै भईसकेको छ।

नेपाली समाजको विकासको लागि कहिले सक्रिय कहिले असक्रिय भई सेवा गर्दै आएकी उनी अहिले ब्रिटिश कोलम्बिया प्रोभिन्सको नेपाली क्यानाड़ा महिला समाजको सभापतिको पद दोस्रो पटक पनि सम्हालीसकेकी छन् भने उनी समयले भ्याउन्जेलसम्म सेवा गर्ने अठोट राख्छिन्।

त्यसैगरि हाम्रो अर्को अतिथि शर्मिला रानाभाट थिइन्। उनी विगतका दिनहरूमा त्रिचन्द्र क्याम्पस ग्रामिण विकास बिभागमा विभागीय प्रमुख तथा उपप्राध्यापकको रूपमा काम गर्दै आएकी थिइन भने हाल आएर Mount Royal University मा कार्यरत छिन्। उनले नेपाली रेडियो क्यालगरीलाई कार्यक्रम उत्पादन गर्नुको साथ साथै कार्यक्रम प्रस्तोताको रूपमा सहयोग पनि गर्दै आएकी छन्।

उनी हाम्रो धर्मसंस्कृतिका राम्रा पक्षहरुलाई प्रोत्साहान गर्दै रुढिबादी परम्पराहरु लाई हाम्रै पुस्ताबाट अन्त्य गरिनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ भने उनी तीज पर्वलाई ब्यस्त जीवन, काम, घरपरिवार, बालबच्चा प्रतिको जिम्मेवारी र सामाजिक दायित्वहरु एकछिन थाती राख्दै दिदी–बहिनी, आमा–छोरी मिलेर दुःख सुख साट्दै रमाइलो गर्ने एउटा महिलाहरूको महान पर्वको रुपमा लिने गरेको बताउँछिन्।

त्यसैगरी देवी घिमिरे समय अनुसार परिवर्तित विचार र व्यवहार भएको र तीजलाई सम्पुर्ण नारीहरूले आ आफ्नो तरिकाले मनाउन पाउनु पर्छ र त्यसले परिवार, समाज र देशमा विकृति भने ल्याउनु हुँदैन भन्ने विचार बोकेको एक अनुभवि महिला हुन् ।

त्यसैगरी चन्द्रकला घिमिरे, एन्सिएस्सी नेपाली पाठशालाकी शिक्षिका हुन्। उनी त्यस संस्थामा आब्बध भएर नेपाली भाषा अध्यापन गराउन थालेको करिव पाँच वर्ष भएको छ भने उनलाई आफ्नै देशको माया भाषा, कला, सस्कृति अनि चाडपर्व धेरै प्यारो लाग्ने भएकाले उनी विदेशमा रहेर पनि स–साना भाइ बहिनीलाई आफ्नै देशको नेपाली भाषा, कला र संस्कृति सिकाउँदै आएकी छन्। त्यसैले उनको अवधारणामा भने हामी नेपालीहरू जहाँ जसरी रहेपनि यी अमुल्य चाड पर्व र संस्कृति हाम्रा भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्दछ भन्ने मान्यता रहेको छ।

उनीहरूले पालै पालो महिलाहरूको महान चाड मानिने तीजपर्व कहिलेबाट किन मनाउन शुरू गरियो, यसको नामकरण कसरी गरियो? यो पर्व किन महिलाको लागि मात्र विशेष मानियो? यस पर्वलाई कतिपय महिलाहरूले यस पर्वलाई फरक–फरक ढंगले मनाउने गरेको पाईन्छ भने त्यस्तो प्रवृतिलाई कसरी लिने त? यस पर्व मात्र महिलाको लागि भनिन्छ तर पुरूषहरूलाई भगवान मानेर पानी पनि नपिई पुजा गरेर श्रीमतीहरूले आ–आफ्नो श्रीमानको गोडाको पानी खाने प्रचलन पनि पाईन्छ जुन कुरा हिन्दु ग्रन्थमै उल्लेख गरिएको होला त? तीज पर्वमा पानी पनि नखाई वर्त वस्नाले साँचै पुरूषहरूको आयु बढ्ला त? यस पर्वलाई कसरी मनाउँदा सदाको लागि जीवन्त बनाउन सकिएला त? भन्ने जस्ता प्रश्नहरूको वास्तविक जवाफहरू प्रस्तुत गरेका थिए।

कार्यक्रम प्रोड्यूसर लक्ष्मी लम्साल खनालले महिलाहरूको महान पर्व मानिने तीज विशेष पर्व सम्बन्धि विभिन्न प्रस्नहरूलाई केलाउँदै तीज पर्वलाई सदाको लागि जीवन्त बनाउन बिगत, वर्तमान र भविस्यलाई तुलनात्मकरूपले हेरेर सहि ढंगले मनाईनु पर्दछ जुन सबैका लागि मान्य हुनुपर्दछ र यस सम्बन्धि सरकारले कानुनी व्यवस्था कायम गर्नै हो भने यस पर्व सबैकालागि समानता रूपमा परिणत हुन्थ्यो कि भन्ने अवधारणा प्रस्तुत गर्नुको भएको थियो भने कार्यक्रम सहयोगीको रूपमा रहेकी लिजा भट्टराईले समेत तीज पर्व ठुला दिदि, आमाहरूको लागि मात्र नभई हामी बालबालिकाहरूलाई पनि यसको महत्वबारे जानकारी हुनुपर्दछ भन्ने जस्ता प्रस्न उठाएकी थिईन्।

कार्यक्रम संयोजक कुसुम ज्ञवालीले तीज पर्व रेडियो क्यालगरिमा लाईभ गरिएको ईतिहासमै पहिलो पटक हो भन्दै अत्यन्त हर्ष उल्लासका साथ व्यक्त गरेकी थिइन्। उनले आत्मीयताका साथ महिला दिदि बहिनी र आमाहरूलाई सेल रोटी तरकारी अचार जस्ता खानपान र कार्यक्रम लाईभ क्यामराको समेत व्यवस्था गरेकी थिइन्।

कार्यक्रम लाईभ उद्भघोषक भावाना पोख्रेलले प्रत्येक महिला दिदी बहिनी र आमाहरूको परिचय गराउनुको साथै आफू समेत छम–छमी निर्त्य प्रदर्शन गरेकी थिइन तर रेडएफको लाईभ प्रत्यक्ष प्रसारणमा गुणस्तर कमि आएको थियो तर त्यैपनि कार्यक्रमको अन्त्य सम्म आमा, दिदी, बहिनी र साथीहरू भने छम छम नाचेकी थिइन।

त्यसैगरी कार्यक्रममा एकल निर्त्य प्रस्तुत गर्नैहरूमाः यानी दुलाल, पुनम गौतम अधिकारी, कोपिला रूपाखेती खनाल, शोभा गौतम कार्की र देवी घिमिरे थिइन भने दुकल नृत्यहरूमा सम्बृद्धि पान्डे, रिया श्रेष्ठ, चन्द्रकला घिमिरे र सारिक्सा देवकोटा थिइन् भने त्यसैगरी समुह नृत्य गर्नैहरूमा मिना सापकोटा, मैया न्यौपाने, डिमा देवी खनाल, रूकमणी पुर्णासैनी, बालकुमारी खनाल, गंगा शर्मा, जानुका अर्याल, शोभा खनाल, सुरूती उप्रेती, वृत्ति राई, नानु अधिकारी रुक्मणी श्रेष्ठ, बशु भन्डारी, लुना भट्टराई, रूक्मणी गजुरेल, अमृता लुईटेल, अधिकारी ढकाल थिए भने कार्यक्रममा स–साना नानी वावुहरू विजेस भट्राई आर्यान श्रेष्ठ, अनुभा लुईटेल, लिजा खनाल रअभि ग्यावलीको पनि उपस्थित थियो।

रेडियो सदस्य बाहेक कार्यक्रम सहयोगीहरूमा गंगा शर्मा, वंशु भन्डारी, मिना सापकोटा, शोभा गौतम कार्की, भागवत भन्डारी, कोपिला रूपाखेती खनाल, पुनम अधिकारी, यानी दुलाल, बिक्रम भट्टराई, गोविनद लुँईटेल र गोपाल खनाल थिए।

कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्न सर्वण गिरी र अभिषेक भण्डारी उपस्थित थिए।

(हेर्नुहाेस् भिडियाे सहित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *