छोरीको हत्या गरि फरार बाबु १९ वर्षपछि पक्राउ

डिसी नेपाल
१३ भदौ २०७६ ६:५५

बुटवल । छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। लोनीयाकी १५ वर्षीया छोरी कान्ती २०५४ साउन २३ गते हराएकी थिइन् । हराएकी कान्तीको कङ्काल २०५४ भदौ १३ गते खेतमा भेटिएको थियो । उनको कपडाको आधारमा पहिचान गरिएको थियो । घट्नापछि लोनिया फरार थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *