साढे ७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ

डिसी नेपाल
१४ भदौ २०७६ २२:१६

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका ५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मोरङको लेटाङ गाउँपालिका २ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

नवलपरासी (पूर्व)को देवचुली नगरपालिका १७ बस्ने ७४ वर्षीय मिन बहादुर मल्ललाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *