धाकधम्की दिदै रकम असुल्ने ३ जना काठमाडाै‌ंबाट पक्राउ

डिसी नेपाल
१५ भदौ २०७६ १९:५०

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लव समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिनेसम्मको धाक–धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका ७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका ३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका ८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका ८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन्।

उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *