चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
१६ भदौ २०७६ ८:०८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्याइरहेको मुख्यमन्त्रीले सन्देशमा व्यक्त गरेका छन् ।

उनले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनीहरुका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययीता अपनाउन आवश्यक रहेको बताए । तीज पर्वले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास मुख्यमन्त्री गुरुङको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *