काँग्रेसले भोली दोस्रो चरणको जागरण अभियानको कार्यक्रम घोषणा गर्दै

डिसी नेपाल
१७ भदौ २०७६ १७:२६

काठमाडौं। नेपाली काँग्रेसले बुधबार (भोली) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन्।

मंगलबार जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रिय भातृ संगठनहरुको केन्द्रिय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ। त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रिय कार्य समितिले आजै टुंगो लगाउने काँग्रेसले जनाएको छ।

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज साँझसम्म सम्पन्न गर्ने योजना छ। प्रवक्ता शर्माले पार्टी कन्द्रिय कार्य समितिको बैठक आजै सकिने र भोली अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए। काँग्रेस केन्द्रिय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *