यू–१९ एसिया कप क्रिकेटको ट्रफीसँगै नेपाली कप्तान रोहित
काठमाडौं। बिहीबार श्रीलंकामा शुरु हुने यू–१९ एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। बुधबार प्रतियोगितामा सहभागि हुने सबै टिम क्याप्टेनसहित ट्रफी सार्वजनिक गरिएको हो।
यो पटक यू–१९ एसिया कप क्रिकेट नेपालले पनि खेल्दै छ। नेपाली टिमको नेतृत्व रोहित कुमार पौडेलले गरेका छन् भने प्रशिक्षकको जिम्मेवारीमा विनोद दास छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment