प्रतिक्रियावादीले पार्टी भित्रको तिललाई पहाड बनाए : दाहाल
फाइल फोटो
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष दाहालले पार्टीले थप सफलता हासिल गर्न पनि आन्तरिक एकता थप सदृढ हुनुपर्ने पनि स्पष्ट पारे। बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले पार्टीको नीति र योजनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए। अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी भित्रको सानो कम्जोरीलाई पनि उछालेर बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कम्जोर बनाउने खेल विश्वका प्रतिक्रियावादीहरुले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नेगरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे।
मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment