डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
२१ भदौ २०७६ २२:१४

रुपन्देही। डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा शनिबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए।

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरेपनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे निधन भएको अस्पतालले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *