आईसीसी महिला फोरम संयोजकमा दक्षिण कोरियाबाट उम्मेदवारी

डिसी नेपाल
२२ भदौ २०७६ ११:१९

सोल । गैह्र आवाशीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन गइरहेको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन्।

अहिले बिभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिवेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारी नै छ। यसैबीच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात सतही रुपमा आकांक्षीहरु बाहिर देखिन थालिसकेका छन् भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन्।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल व्यावसायिक महिलाका रुपमा आफूलाई चिनाइसकेकी जुनु गुरुङ ‘वुमन फर वुमन’ दक्षिण कोरियाकी पूर्व अध्यक्ष हुन भने दक्षिण कोरियाको सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित महिला हुन्। गुरुङले आफूले एनआरएनए एनसीसी गठन भएको सबै देशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसी व्यक्त गदै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन्।

यसैबीच गुरुङले एसिया प्यासिफिक क्षेत्र र मध्य पूर्वका मजदुर तथा महिलाहरुको दर्दनाक अबस्थाको न्युनिकरणसहित महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा व्यावसायिक पाटोलाई सक्षम बनाउँन प्रयाससँगै सबैतिर छरिएर रहेका महिलाको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउने प्रतिबद्धता सहित एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *