ओखलढुंगामा अवसरबाट वञ्चित पुराना नेताहरूलाई डा. शशांक समूहको जिम्मेवारी

डिसी नेपाल
१३ असोज २०८३ १२:२२

काठमाडाैं। डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औं महाधिवेशन आयोजक समितिले ओखलढुंगा जिल्लाका दुवै प्रदेशमा संयोजकको जिम्मेवारी तोकेको छ।

१५ औं महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीले मंगलबार सो जिम्मेवारी तोकेका हुन्। जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) को संयोजकको जिम्मेवारी विश्वराज राईलाई दिइएको छ। राई पुराना कांग्रेस नेता एवम् प्रजातन्त्र सेनानी भैरब राईका छोरा हुन्।

पंचायत कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भैरब राईको परिावार पनि पार्टीका विभिन्न अवसरबाट बञ्चित हुँदै आएको परिवार हो। त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) को जिम्मेवारी देवेन्द्रराज पौडेललाई दिइएको छ।

पौडेल २०४६ अगाडिदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध थिए। पौडेलले हालसम्ममा पार्टी राजनीतिमा निरन्तर क्रियाशील भएर पनि कुनै अवसर नपाएका ओखलढुंगाको पश्चिमी भूगोलमा इमान्दार नेता हुन्। यसअघि ओखलढुगा जिल्ला संयोजकको जिम्मेपारी पूराना नेता राजभण्डारीलाई तोकिएको थियो।

राजभण्डारी पनि नेपाली कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान पुर्‍याएपनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन्।

विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तिव्र पारेको हो।

सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी नेताहरूलाई जिम्मा दिइएको छ। यो पक्षले मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *