गैर आवासीय नेपाली संघ, मकाउको अध्यक्षमा गुरुङ विजयी
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन् ।
एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्।
महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तैगरी कोषध्यक्ष प्रेम बहादुर विक, युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment