नेपाल–चीन उच्चस्तरीय छलफल सुरु, केही सम्झौतामा हस्ताक्षर हुने

डिसी नेपाल
२३ भदौ २०७६ १२:३४

काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरप्य छलफल सुरु भएको छ । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेतृत्वको चिनियाँ टोली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको नेपाली टोलीबीच औपचारिक छलफल सुरु भएको हो । बैठकमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् ।

चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि यो छलफल भएको हो । होटल याक एण्ड यतीमा सुरु छलफलमा यसअघि भएका सम्झौता र अगाडि बढ्न नसकेका एजेण्डाहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *