कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ

डिसी नेपाल
२३ भदौ २०७६ १९:१२

काठमाडौं । कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् ।

अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

हिमालयन एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेजमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको सुन बरामद गरेको हो।

साथै उक्त सुन संकलन गर्न आएका मोरङ पथरी नगरपालिका–२ बस्ने ३२ वर्षीय अनिल लुइटेल र ३१ वर्षीय भोजराज घिमिरेलाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका तीनैजना र बरामद सुन सम्बन्धमा भन्सार कार्यालय गौचरबाट आवश्यक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *