रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते
रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
चट्याङबाट घाईते हुनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का नैनसिंह खत्री र आसिराम रोका रहेका छन्।
घाईतेहरुलाई उपचारको लागि अस्पताल ल्याईदै गरेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment