सूचना प्रविधिको विकासमा सरकारको जोड : संचारमन्त्री

डिसी नेपाल
२५ भदौ २०७६ १२:१४

काठमाडौं। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन्।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई अघि बढाएको बताए। ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले बुधबार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको उल्लेख गरे।

उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए।

मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *