तिलगंगा क्षेत्रका स्थानीय डोजरको त्रासमा (तस्बिरहरू)
काठमाडौं। काठमाडौं महानगरपालिका वडा ८ तिलगंगा–‘बी १३’ का बासिन्दाहरू त्रासमा छन्। उनीहरूको बस्ती खाली गराउन सरकारले बिहीबार माइकिङ गरेपछि उनीहरूमा त्रास सिर्जना भएको छ।
करिब एकसय घर हाराहारी बसोबास गरिरहेका स्थानीयहरूलाई पशुपति क्षेत्र विकास कोषले समयानुकूल मुआब्जा प्रदान गरी आवश्यक बस्नका लागि गोठ्ठाटारमा जग्गा उपलब्ध गराउने सहमति भए पनि विकास कोषले सम्झौता अनुसार जग्गा उपलब्ध नगराएपछि स्थानीयहरू आवाजविहीन बनेको बताएका छन्।
उनीहरूको गुनासो छ, ‘हामी कहाँ जाने, कहाँ बस्ने र कसरी जीविकोपार्जन गर्ने भनेर पटक पटक भन्दै आइरहेका छौं।’
विकास कोषले पटक पटकको सम्झौतालाई बेवास्ता गर्दै स्थानीयलाई जग्गा प्रदान नगर्दा यहाँका स्थानीयहरूको बस्तीमा सरकारले डोजर चलाउने भएको हो।



















प्रतिक्रिया















Facebook Comment