कास्कीबाट हातहतियार सहित ४ जना पक्राउ

डिसी नेपाल
२५ भदौ २०७६ २१:१५

कास्की । माछापुच्छ्रे गाउँपालिका–२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङलगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, १ थान भरुवा बन्दुकको बट, करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नाल बेसाबुत अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *