१५ महिनादेखि बन्द रहेको मलेशिया राेजगारी खुल्याे

डिसी नेपाल
२६ भदौ २०७६ १५:३५

काठमाडौं । विगत १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ला भएको छ। मलेसियाली र नेपाली प्राविधिक कमिटीको मंगलबारदेखि बिहिबारसम्म बसेको ३ दिने बैठकले मलेसिया रोजगारीको टुंगो लागेको हो।

वैठकमा सहभागि मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार समझदारी अब नेपाली कामदार समझदारी अनुसार नै मलेसिया जान पाउने भएका छन् ।

उनले भने, ‘कामदारलाई समझदारी अनुसार रोजगारीका लागि मलेसिया जान पाउने बाटो खुल्ला भएको छ, स्वास्थ्य संस्थाका सम्बन्धमा भने तत्काल ३६ वटा मेडिकल रहने र नोभेम्बरको पहिलो हप्तामा मलेसियाली टोली नेपाल आइ थप स्वास्थ्य संस्थामाथि अनुगमन गरी छनोट गर्न सकिने सहमति भएको छ ।’

मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थपिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते मलेसिया रोजगारी बन्द गरेका थिए । त्यस यता नेपाली कामदारहरु मलेसिया जान पाएका थिएनन् ।

गत वर्षको कात्तिक १२ गते मलेसिया र नेपाल सरकारबीच शून्य लागतमा नेपाली कामदारहरु जान पाउने गरी श्रम समझदारीमा हस्ताक्षर भइसके पनि मेडिकल संस्थाहरुको टुंगो लाग्न नसक्दा मलेसिया रोजगारी सूचारु हुन सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *