बलात्कारका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

डिसी नेपाल
२६ भदौ २०७६ २२:११

उदयपुर। महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ ।

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई उदयपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो । सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए। सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार रहँदै आएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *