भुमादेवीको हत्यामा संलग्न २ दम्पति पक्राउ

डिसी नेपाल
२६ भदौ २०७६ २३:५१

काठमाडौं । प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्दै आएका ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मीना खड्का, तनहुँको रिसिङ घर भई गैँडाकोट–१५ बस्दै आएका ४५ वर्षीय वसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

उनीहरुले मङ्गलबार राति खत्रीको हत्या गरेका थिए। उनी घरमा एक्लै बस्दै आएकी थिइन्। गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको रानाभाटले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *