जेष्ठ प्राध्यापक समाजको विशेष कार्यक्रम

डिसी नेपाल
२७ भदौ २०७६ ९:४३

काठमाडौं। नेपाल जेष्ठ प्राध्यापक समाजको विशेष कार्यक्रममा शुभकामना आदानप्रदानसहित जेष्ठ नागरिकको उमेर र कार्यव्यवहार सम्वन्धी एक प्रवचन कार्यक्रमको आयोजना गरियो।

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल जेष्ठ प्राध्यापक समाजमा आवद्ध प्राध्यापकहरूले समाजको उपादेयता बारेमा चर्चा गरे।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष वसन्त गौतमले समाजको स्थापनाको उद्देश्य विषयमा चर्चा गरेका थिए।

त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख रहिसकेका समाजका निवर्तमान अध्यक्ष वसन्तलाल श्रेष्ठले यो मञ्च राजनीतिक मञ्च नभएको प्रष्ट पार्दै पहिले आफ्नो विषयमा मात्रै केन्द्रीत रहेकोमा अहिले पृथक विषयहरूको पठनपाठनले नवीन उर्जा दिएको उल्लेख गरे।

प्रा. कपील श्रेष्ठले प्राध्यापन गर्दा आग्रह पूर्वाग्रह भए पनि आज यो मञ्चमा सबैजना एउटै मनको भएको बताउँदै समाजलाई आफूले पुरा सहयोग गर्ने वचन दिए।

समाजका अध्यक्ष डा. विमलकुमार शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेवती दाहाल, मोहन तिमिल्सिना, डा. दुर्गालाल श्रेष्ठ, भाइराजा रञ्जीत, देवी ढकाल, प्रा. तिमिला यमी थापालगायतले बोलेका थिए । अधिकांश शिक्षकहरूले आफ्नो ज्ञानलाई उत्पादनमूलक काममा लगाउनु पर्ने भनाई राखेका थिए।

सो अवसरमा अध्यक्ष डा. शर्माले जेष्ठ प्राध्यापकहरूको उपचारमा विभिन्न अस्पतालहरूले छुटको व्यवस्था गरेको जानकारी दिएका थिए।
कार्यक्रममा उकालो लाग्दो उमेर र त्यस अवस्थामा देखिने समस्याहरुमाथि डा. ऋषभ कोइरालाले करिब पावर प्वाइन्ट प्रेजेन्टेशन गर्दै प्रवचन दिँदै समस्या र तिनका समाधानका बारेमा बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *