आज फेरी घट्यो सुन–चाँदीको भाउ, तोलाको कति?

डिसी नेपाल
२७ भदौ २०७६ ११:१७

काठमाडौँ । आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ। हिजो बिहिबार तोलमा २ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि त्यत्ति नै घटेको छ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ भनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी ८ सय ७५रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *