सिद्धबाबामा दुई जीप पुरिए, एक जनाको घटनास्थलमै मृत्यु, सडक अवरुद्ध

डिसी नेपाल
२७ भदौ २०७६ ११:२१

काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ।

शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट तर्फबाट वुटबल आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार पहिरोमा पुरिएर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक रुपन्देहीका २६ वर्षीय कमल परियार रहेका छन्। भने चार जनाको उद्धार गरि उपचारका लागि वुटवल पठाइएको छ।

अहिले बुटवल–पाल्पा सडक अवरुद्ध रहेको र सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *