वैदेशिक रोजगारी : स्वास्थ्य परीक्षण गर्ने सूचिकृत संस्थाले थप धरौटी बुझाउनुपर्ने

डिसी नेपाल
२७ भदौ २०७६ १६:३४

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले मन्त्रालयलाई थप धरौटी बुझाउनु पर्ने भएको छ।

श्रम तथा रोजगार मन्त्रालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले आउँदो कार्तिक मसान्तभित्रमा २ लाख धरौटी बुझाइसक्नुपर्ने उल्लेख गरिएको छ।

‘वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ क बमोजिम यस मन्त्रालयमा वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने सूचिकृत स्वास्थ्य संस्थाहरुले वैदेशिक रोजगार नियमावली मिति २०७६ साल कार्तिक मसान्त भित्रै नियम ४५ क को उपनियम ६ बमोजिमको नपुग धरौटी बाफतको रकम रु २ लाख नेपाल राष्ट्र बैक बालुवाटारमा भएको कार्यालयमा पैसा जम्मा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयको धरौटी खाता नं १२०– १२००– ००१ –००२ –५२४मा जम्मा गर्न श्रम मन्त्रालयले सूचना जारी गरेको छ।’ जारी गरिएको सूचनामा भनिएको छ।

धरौटी बुझाएको रसिद वा भौचर वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाई विभागबाट प्राप्त हुने धरौटी रसिद यस मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखामा उल्लेखित मितिमा कार्यालय समयभित्रै बुझाउनु पर्ने श्रम तथा राेजगार मन्त्रालयले जनाएकाे छ।

कामदारकाे स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले धराैटी बुझाएपछि मात्र वैदेशिक राेजगारीमा जाने कामदारकाे स्वास्थ्य परीक्षण गर्न पाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *