अपहरण गरि फिराैती रकम माग्ने ४ जना साेल्टीमाेडबाट पक्राउ

डिसी नेपाल
२७ भदौ २०७६ २०:२४

काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३८ वर्षीय एल्ली गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका ४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका २ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशील उप्रेती रहेका छन्।

उनीहरुले एल्ली गुरुङलाई ग.१ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि उक्त रकम फिरौती मागेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्ली गुरुङलाई उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *